punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा प्रधानमन्त्री देउवासंग भेटबार्ता

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटमा मुख्यमन्त्री भट्टले कोरोनाबिरुद्धको खोप अभियानमा सुदूरपश्चिमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

भेटघाटका क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाब्य जोखिम र नियन्त्रण, कोरोना बिरुद्दको खोप र सुदूरपश्चिम प्रदेशको समग्र बिकासको बारेमा जानकारी गराइएको मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिव सिं ओलीले बताए ।

केही दिनदेखि सङ्घीय राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट आजै धनगढी फर्किदै छन् ।


८ साउन २०७८, शुक्रवार १२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु