punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डुवानको समस्या सामाधानका लागि संघीय सरकारसँग गुहार्दै नगर प्रमुख वड

Chaupati
safha napa

धनगढीका विभिन्न वडाहरुको डुवान समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड काठमाडौं पुगेका छन्।

बर्षाद् सुरु भएसँगै डुवानमा रहेका बस्तीहरुबाट मोहनामा पानी निकासका लागि संघीय सरकारसँग सहयोग माग गर्न मेयर वड काठमाडौं पुगेका हुन्। त्रिनगर भन्सारदेखि अत्तरियाको ६ लेन सडक निर्माण भएपछि धनगढीका वडा नम्बर २ र ३ का वडाहरु झन् डुवानमा पर्न थालेपछि केही दिन अघि मेयरले डोजर लगाएर बन्द गरिएको ठाउँ भत्काउने चेतावनी समेत दिएका थिए।

वडा नम्बर २ र ३ मा भईरहेको डुवानको समस्या समाधानका लागि संघीय सरकारसँग सहयोग जुटाउन आफु काठमाडौं गएको उनले बताएका छन्। ‘अहिले म काठमाडौंमा छु। भौतिक मन्त्रालयको टोली लिएर ढल निकासको समस्या समाधान गर्न ठोस योजना बनाइने छ,’ उनले भने, ‘नगरवासीले सहयोग गरे उपमहानगरपालिकामा डुबानको समस्या समाधान गर्न तयार छौँ।’

मेयरले नगरबासीको साथ पाएपछि डुवान समस्या समाधानका लागि दिर्घकालीन योजनाका लागि दौडिरहेको बताए।

तर तत्काल भने बस्ती तथा टोलको पानी निकासका लागि आवश्यक काम गर्न वडावासीसँग समन्वय गर्न वडा अध्यक्षहरुलाई आग्रह गरिएको नगर प्रमुख वडले बताए।


७ साउन २०७८, बिहीवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु