प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सो फैसला अनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । शपथ ग्रहणको तयारी पनि भईरहेको राष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।

गएको जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदका लागि दाबी पेश गरेका प्रधानमन्त्री ओली र देउवाको दाबी खारेज गरेको थियो । र सोही रात प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।


२९ असार २०७८, मंगलवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु