punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यो विषयमा हुँदैछ छलफल

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको छ ।

सर्वोच्च अदातले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि पहिलोपटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

माओवादी केन्द्रका सबै सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।

माओवादी केन्द्र देउवा नेतृत्वको सरकारमा पनि सहभागी हुने भएको छ। देउवाले आफ्नो सपथका बेला सानो आकारको मन्त्रिमण्डल पनि बनाउने भएका छन्।

उक्त मन्त्रिमण्डलमा को-को सहभागी हुने भन्ने निर्णय पनि माओवादीले गरिसकेको छैन।

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा पनि छलफल हुने भुसालले जानकारी दिइन्।


२९ असार २०७८, मंगलवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु