punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संक्रमण नघटेपछि एक हप्तादेखि गाउँनै सिल, परीक्षणको दायरा बढाइयो

Chaupati
safha napa

कोरोना संक्रमण नघटेपछि बैतडीको एक गाउँ एक हप्तादेखि सिल गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ७ को चडेपानी गाउँलाई थप एक हप्ताका लागि सिल गरिएको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गते सम्मका लागि चडेपानीलाई सिल गरिने जनाएको छ। यसअघि असार २० गतेदेखि असार २७ गते सम्मका लागि सो गाउँलाई सिल गरिएको थियो।

गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए।

गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ । गाउँमा कोरोना परीक्षणको दायरा समेत बढाइएको गाउँपालिकाले जनाएको छ।


२८ असार २०७८, सोमवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु