punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध दुव्यर्सन न्यूनिकरण गर्न तरुण दलको आग्रह

Chaupati
safha napa

नेपाल तरुण दल डडेल्धुराले जिल्लामा बढ्दै गइरहेको लागुऔषध दुव्यर्सन न्यूनिकरण गर्न प्रशासनलाई आग्रह गरेको छ।

पछिल्लो समय डडेल्धुरा लागुऔषध सेवन तथा दुव्र्यसन गर्ने युवायुवतीहरुको क्रिडास्थल बन्दै गइरहेको भन्दै तरुण दलले सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो।

केही दिनअघि मात्रै लागुऔषध सेवन गरी बागबजारमा एक युवकको मृत्य भएको कुरा उल्लेख गर्दै तरुण दलका अध्यक्ष शेरबहादुर साउदले पल्लिो समय जिल्लाको शान्ति सुरक्षा कमजोर बन्दै गइरहेको बताए ।

‘समाजमा शान्ति सुरक्षाको अमनचयन कायम गर्न प्रशासनको महत्वपूर्ण जिम्मेवारी भएकोले समाजका यस्ता गैरजिम्मेवार तथा अपराधिक गतिविधि, लागुऔषध सेवन, ओसारपसार तथा बिक्रि वितरण गर्ने जोसुकै व्यक्तिलाई छिटोभन्दा छिटो कानुनी दायराभित्र ल्याइ कडा भन्दा कडा कारवाहीको माग गर्दछौ’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

 


२८ असार २०७८, सोमवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु