punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीमदत्त राजमार्गमा पहिरो खस्दा सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प

Chaupati
safha napa

पहिरो खस्दा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयवासीले जनाएका छन् ।

राजमार्ग सञ्चालन गर्न बिहानैदेखि डोजर प्रयोग गरिएका छन । ठूला ठूला ढुङ्गासहित राजमार्गमा पहिरो खसेकाले सञ्चालन हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुसँगै मालबाहक सवारीहरु शाहुखर्क वरपर रोकिएको प्रहरीले जनाएको छ ।


२४ असार २०७८, बिहीवार १०:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु