punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनसुन फेरि सक्रिय : केही ठाउँमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

मनसुन फेरि सक्रिय भएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश-१ र प्रदेश-२ मा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश-१ मा अति भारी वर्षाकाे सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसाे प्रदेश-१ मा मात्रै अति भारी वर्षाको सम्भावना रहे पनि राति भने यो प्रदेशसहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ मा नै अति भारीको सम्भावना रहेको मौसमविद् अर्यालले बताए ।

अबको दुई/तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम छ । यसपालि औसतभन्दा धेरै पानी परेको पनि मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएको छ।

गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

सप्तरीको बर्मजिया र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो वर्षा भएकाले बाढीको खतरा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


२३ असार २०७८, बुधवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु