पुनर्वास नगरपालिकाले सुरु गर्‍यो बिधुतीय कर प्रणाली सेवा

पुनर्वास – सेवाग्राहीहरुको समयको महत्वलाई मध्यनजर गर्दै पुनर्वास नगरपालिकाले बिधुतीय कर प्रणाली सेवा सुभारम्भ गरेको छ ।

मंगलबार नगर प्रमुख जिवनराज थापाको अध्यक्षतामा भएको एक अनौपचारिक कार्यक्रमका बीच नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुभारम्भ गरेको हो ।

नगरपालिकालाई प्रविधि मैत्री बनाउन नगरपालिकाले बिधुतीय कर प्रणाली सेवाको सुभारम्भ गरेको नगर प्रमुख जिवनराज थापाले जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाको यश अभियानलाई प्रभावकारी बनाउन सबैले आ-आफ्ना सामाजिक संजाल,विभिन्न मिडिया वेबसाईट लगायतबाट व्यापक रुपमा प्रचार गर्न पत्रकार तथा सम्पुर्ण सरोकारवालाहरुमा अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाकि सुचना प्रविधि अधिकृत कम्प्युटर ईन्जिनियर आरती बिष्टले सेवाग्राहीहरुलाई  नगरपालिकालाई तिर्नुपर्ने सम्पुर्ण कर बिना झन्झट  www.eservice.punarwasmun.gov.np वेबसाईटमा लगईन गरि ईसेवा र आईएमई पे मार्फत भुक्तानी गर्न सकिने जानकारी दिनुभयो।


२३ असार २०७८, बुधवार ०७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु