गोदावरी नगरपालिकाद्धारा दृष्टि फाउन्डेशनलाई डेढ लाख सहयोग
कैलालीको धनगढीमा रहेको दृष्टि फाउन्डेशनलाई गोदावरी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आईतबार एक कार्यक्रमका बिच फाउण्डेशनलाई डेढ लाख सहयोग गरेको हो ।
नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उक्त रकमको चेक दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरेकी थिईन ।
रकम हस्तान्तरण गर्दै उपप्रमुख कडायतले दृष्टि फाउण्डेशनमा गोदावरी क्षेत्रका पनि धेरै सडक बालबालिका तथा बेसाहारा महिला तथा बालबालिकाले आश्रय दिईरहेकाले नगरपालिकाबाट सहयोग गरिएको बताईन् । उनले फाउण्डेशनले गरिरहेको यस कार्यका लागि नगरपालिका सदैभ साथमा रहेको बताईन ।
सोहि कार्यक्रममा सुत्केरी भएकी महिला तथा अन्य महिलाहरुका लागि पोसिलो खानेकुरा (आप, चिनी, ध्यु) र सेनेटरी प्याड वितरण गरिएको थियो ।सहयोग बुझ्दै फाउण्डेशनकी अध्यक्ष भट्टले नगरपालिकाप्रति धन्यावाद ज्ञापन गरीन ।
सोहि अवसरमा गोदावरी नगरपालिकाकी उपप्रमुख लगायतको टिमले दृष्टि फाउण्डेशनको अनुगमन समेत गरेको थियो ।
उक्त फाउण्डेसनमा हाल ४५ जना साहारा विहिन, सुस्तमनस्थिति भएका, महिला, बालबालिका र ५ जना हेरचाह गर्ने स्वयम्सेवकहरू बस्दै आएका छन । जसमध्ये १६ जना गोदावरी नगरपालिकाका रहेकाका रहेका छन ।
२१ असार २०७८, सोमवार १०:२५ बजे प्रकाशित














