रुपाद्वारा शिक्षामन्त्री र सरस्वतीलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर

सञ्चारकर्मी रुपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

आइतबार रुपाले मन्त्री श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न र घरबेटी सरस्वतीलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

उनले शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गरेकाले रुपाले मन्त्रीमाथि कारबाहीको माग गरेकी छिन् ।

त्यस्तै रुपाले जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएकी छन् ।


२१ असार २०७८, सोमवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु