मेलम्चीमा बढ्यो नदीको बहाव, सतर्क रहन आग्रह

काठमाडाैं।निरन्तरको वर्षाले मेलम्ची नदीको बहाव बढेको छ।दुई साताअघि मात्र वितण्डा मच्चाएको मेलम्चीले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ।

बुधबार दिउँसोदेखिको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए।


१७ असार २०७८, बिहीवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु