punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा जारी निषेधाज्ञा असार २१ गतेसम्म लम्बियो

Chaupati
safha napa

कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार  असार २१ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ । अब सो अवधिमा सबै प्रकारका गोष्टी,सम्मेलन, तालिम, सेमिनार, पुस्ताकालय,संग्रालय, सिनेमा हल, दर्शक सहितको खेलकुद , मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने जनाएको छ ।

यस्तै जिल्लामा मंगलबारदेखि सबै प्रकारका सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने प्रशासनले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। निषेधाज्ञा खुकुलो पार्दै असार १५ देखि २१ गते राति १२ बजेसम्म निरन्तरता दिइएको प्रजिअ महतोले जानकारी दिए।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछन्। जिल्ला बाहिरका लागि भने अत्यावश्यक सवारी साधन बाहेक अन्यले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ। अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ महतोले जानकारी दिए। उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ।

सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ।  सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउँनेछन्।


१४ असार २०७८, सोमवार १६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु