punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज मदन भण्डारीको ७०औँ जन्मजयन्ती

Chaupati
safha napa

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७०औं जन्मजयन्ती उनको सम्झनामा विशेष कार्यक्रम गरिदैछ ।

मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त विकास गरेका थिए ।

भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।


१४ असार २०७८, सोमवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु