punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित भएको हो ।

अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेश गरेको थियो । शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार पारित भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेशसभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४ अनुसार अध्यादेश स्वीकृत गर्न प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए ।

अध्यादेश सभामुख अर्जुन बहादुर थापाले निणयार्थ प्रस्तुत गर्दा एमाले र माओवादीका प्रदेशसभा सदस्यहले ‘हुन्छ’ भनेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद मौन बसेका थिए ।

प्रदेश सभामा एमालेका २५, माओवादीका १३ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।


१३ असार २०७८, आइतवार १५:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु