punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एकल पुरुषलाई भत्ता

Chaupati
safha napa

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले एकल पुरुषलाई पनि भत्ताको व्यस्था गरेको छ। आव २०७८-७९ को नीति, कार्यक्रमा तथा बजेटमा ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई नगरपालकाबाट भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको हो।

“विभिन्न कारणले जीवनसाथी गुमाएका एकल पुरुषलाई जीवन निर्वाह गर्न सहजता प्रदान गर्नका लागि भत्ता दिने निर्णय गरेका छौँ”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “अरुमा आश्रीत भएर बस्नु नपरोस् भनेर यो व्यवस्था गरिएको छ।”

योसँगै नगरपालिकाले माइतीको सहारामा बसेका ४० वर्ष माथीका एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याउने नीति लिएको छ। हिंसामा परेकालाई व्यवस्थापन गर्न सेवा केन्द्र भवनको निर्माण गर्न सुरुआत गरिने भएको छ।

नीति तथा कार्यक्रममा विभिन्न घटना, दुर्घटनामा परी ज्यान गुमाएका नगरवासीका आश्रित परिवारलाई आवश्यक सहयोग गरिने उल्लेख छ। कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ९२ करोड ५६ लाख ४२ हजारको बजेट नगर सभामा पेश गरेको छ।


१३ असार २०७८, आइतवार १०:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु