Hotel Flora Long Ad

पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८७०  जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।


२५ जेठ २०७८, मंगलवार १७:२८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु