punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शनिबार सुदूरपश्चिममा थप ४९० जनामा कोरोना पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ५८ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ५४८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ४९० जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६२ जनाको नमूना परीक्षण गर्दा १९९ जना, महाकाली अस्पतालमा २६ नमूना परीक्षण गर्दा १९ जना, डडेल्धुरा अस्पतालमा १९५ नमूना परीक्षण गर्दा ५० जना, जिल्ला अस्पताल बैतडीमा ९७ नमूना परीक्षण गर्दा १७ जना, डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १८ जना, बझाङ अस्पतालमा ८५ जनाको नमूना परीक्षण गर्दा ३१ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३६ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २३ हजार ३५ नमूना परीक्षण गर्दा ३८ हजार ८६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


१५ जेठ २०७८, शनिवार १८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु