punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने, यस्तो छ अध्यादेशमा व्यवस्था (पूर्ण पाठसहित)

Chaupati
safha napa

नेपालमा अब जन्मका आधारमा नागरिकता भएका नागरिकका छोराछोरीले बंशजको आधारमा नेपाली नागरिकता पाउने भएका छन् ।

मधेशवादी दलको मागअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा यस्तो व्यवस्था गरिएको छ ।

जारी अध्यादेशअनुसार अब जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिइनेछ । अध्यादेशमा २०७२ असोज ३ गते भन्दा अगाडि जन्मका आधारमा नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ।

यस्तै नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन सकेको छैन भने वंशजको आधारमा नागरिकता दिने पनि व्यवस्था गरिएको छ।

तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम नरहने उल्लेख छ।

अध्यादेशको पूर्णपाठ


९ जेठ २०७८, आइतवार २१:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु