डोटीमा भीरबाट लडेर महिलाको मृत्यु
डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भीरबाट लडेर मृत्यु भएको हो।
गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भीरबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।
मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ। रासस
९ जेठ २०७८, आइतवार १२:३८ बजे प्रकाशित













