punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले बनायो कोरोनाको ‍औषधि, आज सार्वजनिक गरिदै

Chaupati
safha napa

भारतले कोरोना भाइरसविरुद्धको औषधि तयार पारेको छ । आइतबार भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले ट्वीट गर्दै कोरोना भाइरसको ‍औषधि तयार भएको र सोमबार बिहान सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २–डीजी नामक औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ ।

यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।

यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ ।

डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।

यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।

 


३ जेठ २०७८, सोमवार ११:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु