punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालाई अक्सिजन सिलिण्डर सहयोग

Chaupati
safha napa

ह्युमानिटी फाउण्डेसन नेपालले सेती प्रादेशिक अस्पताललाई  ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

अस्पतालमा अक्सिजनको अभाब भएपछि फाउण्डेसनले अक्सिजन सिलिण्डर सहयोग गरेको हो । फाउण्डेसनका सदस्यहरुको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले बताए ।

उनका अनुसार आज नै २२ सिलिण्डर डडेल्धुरा अस्पताललाई उपलब्ध गराउने जनाएको छ । यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टिकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ ।

अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ ।


२० वैशाख २०७८, सोमवार ११:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु