कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’

कैलाली र कञ्चनपुरमा आजदेखि रातिको समयमा लकडाउन गरिने भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि राति ८ बजेदेखि विहान ५ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यो समयमा हिँडडुल गर्न पनि बन्देज लगाइएको छ । अन्य समयमा पनि अनिवार्य कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।


१३ वैशाख २०७८, सोमवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु