सुदूरपश्चिमका थप २५ जनामा कोरोना पुष्टि
सुदूरपश्चिमका थप २५ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ३१ जनाको नमूना परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका ८ जना, कैलालीको घोडाघोडी नगरपालिका,चुरे गाँउपालिका,कञ्चनपुरको लालझाडी गाँउपालिका र डोटीको जोरायल गाँउपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्टले जानकारी गराए । सक्रमित हुनेमा ५ जना महिला र २० जना पुरुष रहेका छन् । हाल अस्पतालमा ३८ जना कोरोना संक्रमितको उपचार भईरहेको उनले जानकारी गराए ।
८ वैशाख २०७८, बुधवार १६:१८ बजे प्रकाशित












