सुनको मूल्य आज पनि बढ्यो, कति पुग्यो तोलाको ?

आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज तोलामा सात सय रुपैयाँँ बढ्दै प्रतितोला ९० हजार पाँच सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


३ वैशाख २०७८, शुक्रवार ११:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु