धनगढीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते

धनगढीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

विहिबार राति कैलालीको धनगढी उपमहानगरपालिका ४ शहीद गेटस्थित ६ लेन सडकमा मसुरियाबाट विरामी लिएर धनगढी आउँदै गरेको कार र विपरित दिशातर्फ जाँदै गरेको मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते भएका हुन्।

जिल्लाको गौरीगंगा नगरपालिका ९ बस्ने अविनाश वस्नेतले चलाएको से १ च १५२१ नम्बरको कार र मोटरसाइकल चालक नरेन्द चन्दले चलाएको बा २ ब ३६६४ नम्बर मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए ।

मोटरसाइकल चालक घाइते भएका छन्। उनका अनुसार धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताए ।


३ वैशाख २०७८, शुक्रवार ०८:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु