माधवकुमार नेपालले भने ‘बामदेव गौतम र हामी एउटै ठाउँमा उभिदै छौ’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू र बामदेव गौतम एकै ठाउँमा उभिने खुलासा गरेका छन् । उनले गौतमसमेत एकै ठाउँमा उभिएपछि आफूहरु सशक्त हुने दाबी गरे ।

नेपालले आज राजधानीमा आयोजित भेलामा बोल्दै ‘बामदेव गौतम र हामी एकै ठाउँमा उभिने बताए । हामी झन् बलियो हुनगइरहेका नेपालले खुुलासा गरे ।

बामदेव गौतमसमेत आएपछि आफूहरुको पक्षमा ९७ जना केन्द्रीय सदस्य रहने उनले बताए । स्थायी कमिटीमा २२ मध्ये १२ जना आफूहरुको पक्षमा रहेको र पोलिटब्युरोमा ४४ मध्ये २४ जना पक्षमा रहेको उनले दाबी गरे ।

आफूहरु संगठनका हिसाबले कमजोर नभएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जाल झेल गरेर नवौं महाधिवेशनमा अध्यक्षमा जित हासिल गरेको आरोप लगाए । उनले प्रधानमन्त्री पदको फूर्ति नलगाए हुने बताए ।


२२ चैत २०७७, आइतवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु