भारतमा २४ घण्टामा करिब एक लाख जना कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ क‌रोड २४ लाख ८५ हजार ५ सय ९ जना पुगेको छ।

यसैगरी यस अवधिमा ५ सय १३ जनाको मृत्येु भएको छ । भारतीय गृह मन्त्रालयका अनुसार भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ लाख ६४ हजार ६ सय २३ जना पुगेको छ।

निको हुनेको संख्याम १ करोड १६ लाख २९ हजार २ सय ८९ पुगेको छ। हालसम्म भारतमा ७ करोड ५९ लाख ७९ हजार ६ सय ५१ जनाले कोरोना बिरुद्ध खोप लगाई सकेका छन्।


२२ चैत २०७७, आइतवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु