प्रधानमन्त्री ओलीले आज एकैपटक एक सय ६५ सडक शुभारम्भ गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशभरका एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।

१ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक(एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ११ बजे सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको उनले बताए । उनका अनुसार हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने कार्यक्रम छ ।


२१ चैत २०७७, शनिवार ०८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु