अवैधरुपमा बालुवा उत्खनन् गर्ने नियन्त्रणमा

कञ्चनपुरको  कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ। 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको छ । 

यसअघिसमेत प्रहरीले दुई जनालाई अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका बेला नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाएको थियो। 


२१ चैत २०७७, शनिवार ०७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु