धनगढीमा आगलागी
धनगढीमा आगलागी भएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का स्थानीय भजन रानाको घरमा बालेको आगो गोठमा सल्किदा आगलागी भएको हो ।
बिहीबार साँझ भएको आगलागीबाट रानाको गोठमा रहेको भुसा, पराल र काठ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराए ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएका कारण धेरै क्षेती नभएको उनले बताए ।
२० चैत २०७७, शुक्रवार ०९:११ बजे प्रकाशित












