बलात्कार आरोपमा ८० वर्षे वृद्ध पक्राउ

बाग्लुङमा सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको काठेखोला गाउँपालिका-१ का ८० वर्षका वृद्धलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय १५ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

प्रहरीका अनुसार घटना चैत १२ को भए पनि उजुरी भने ढिला गरी आएको थियो ।


२० चैत २०७७, शुक्रवार ०९:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु