सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डोटी अस्पतालको प्रयोगशालामा ३० जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

सेती अस्पतालको प्रयोगशालामा १९ नमूना परीक्षण गर्दा दुई जना र डोटी अस्पतालमा सातवटा नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै महाकाली अस्पतालमा चार नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १४ हजार १ सय १८ पुगेको छ भने १४ हजार बढी निको भएका छन् ।


१९ चैत २०७७, बिहीवार १८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु