आज यी स्थानमा पानी पर्ने सम्भावना, प्रदूषणमा राहतको आशा

काठमाडौं उपत्यकामा हल्का पानी परेपछि केही दिनदेखि आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान गरिएको छ । बुधबार नै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पनि पानी परेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशको प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।


१९ चैत २०७७, बिहीवार ०८:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु