punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जोशीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

Chaupati
safha napa

नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

शनिबार सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । चैत्र १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले जोशीको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । शुक्रबार राति निधन भएपछि नेता जोशीको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ ।

जोशी प्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता सुवास नेम्बाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत सानेपा पुग्नुभएको छ ।

जोशीको उपचारका क्रममा हिजो साँझ काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । गत फागुन १४ गते मस्तिष्कघात भएपछि उहाँ नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिनुभएका ५८ वर्षिय जोशीको आईसीयुमा राखेर उपचार भइरहेको थियो ।

मस्तिष्कको शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रिएसँगै भेन्टिलेटरको सपोर्टमा उहाँको उपचार भइरहेको थियो । उपचारको सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।


१४ चैत २०७७, शनिवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु