धुर्मुस सुन्तली फाउन्डेशनलाई माया मेट्रो अस्पतालद्वारा २ लाख सहयोग

धनगढीको माया मेट्रो अस्पतालले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेको छ।

शनिबार अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान चलाएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन।

जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा सहयोग जुटाउन धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलको टोली धनगढी पुगेको छ।


१४ चैत २०७७, शनिवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु