Hotel Flora Long Ad

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएपछि खान यतिबेला घरमै आइसोलेसनमा बसेका छन्।

उनले कोरोनाविरुद्धको नियमहरु पालना गरिरहेका छन्। आमिर खानका प्रवक्ताले पछिल्लो समय आमिरसँग सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

यसअघि आमिर खानसँग एउटै चलचित्रको सुटिङ गरिरहेकी अभिनेत्री कियारा आडवानीमा कोरोना देखिएको थियो।

यसअघि बलिउडकर्मी रणविर कपुर, मनोज बाजपिय, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया र सतिश कौशिक पनि कोरोना संक्रमित भएका थिए।


११ चैत २०७७, बुधवार १४:४५ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु