कुटपिट गरेको आरोपमा बैतडीमा २ जना पक्राउ

कुटपिट गरेको आरोपमा बैतडीमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्लाको मेलौली नगरपालिका–६ का रबिन्द्र भट्टमाथि कुटपिट गरेको आरोपमा स्थानीय २६ वर्षीय नरेश बिष्ट र २४ वर्षीय गंगा चन्दलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

कुटपिटमा संलग्न बिष्ट र चन्दलाई उनीहरुको घरबाट नियन्त्रण्मा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट घाइते भएका भट्टको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा पठाइएको छ।

पुरानो रिसिबीका कारण उनीहरुले भट्टमाथि कुटपिट गरेको बुझिएपनि घटनाको अनुसन्धान भइरहेको उनले बताए । 

। 


१० चैत २०७७, मंगलवार ०६:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु