कैलालीमा बसको ठक्करबाट युवतीको मृत्यु, राजमार्ग अवरुद्ध

कैलालीको लम्कीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

टीकापुरबाट आउँदै गरेको बसको ठक्करबाट लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो।

बसले युवतीलाई लम्की चोकमा ठक्कर दिएको हो । अहिले मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएकि छ ।

राजगमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका गाडीहरु लम्कीमा रोकिएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


१० चैत २०७७, मंगलवार ०८:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु