मेयर, उप–मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा
धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिले आयोजना गर्ने मेयर, उप–मेयर कप पुरुष तथा महिला वडास्तरीय फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
नगर खेलकुद समितिले सोमबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी दिएको हो । चैत १० गते दिउसो १ बजे प्रतियोगिताको उद्घाटन गरिने नगर खेलकुद समितिका संयोजक दिपककुमार थापा क्षेत्रीले जानकारी दिए । फुटवल प्रतियोगिताको ब्यबस्थापन न्यू बुद्ध स्पोर्ट यूवा क्लवले गर्ने जानकारी पनि थापाले थिए ।
संयोजक थापाले प्रतियोगितामा प्रथम महिला÷पुरुष टिमलाई ः १ लाख १० हजार नगद पुरस्कारका साथै मेडल ट्रफि र प्रमाणपत्र, द्धितीय हुने टिमले ५१ हजार नगद, मेडल, ट्रफि र प्रमाणपत्र पाउने जानकारी दिए । त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीलाई, उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ डिफेन्सर र सर्वाधिक गोलकर्ताले ५ हजार ५ सय नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले खेलकुदको विकास र प्रवद्र्धनका लागि फुटवल प्रतियोगिताको आयोजना गरिएको बताए । ‘धनगढी उप–महानगरपालिकाले एक वडा, एक खेल मैदानको नीति अवलम्बन गरेको छ,’ प्रमुख प्रशासकीय अधिकृत चन्दले भने, ‘मैदान प्राप्त भएका वडाहरुमा पूर्वाधार निर्माणको काम पनि भैरहेको छ ।’
खेलकुद पत्रकार मञ्च, अन्य विभिन्न संस्थाहरुसंग साझेदारी गरेर खेलकुद प्रतियोगिताहरुको आयोजना भैरहेको उनको भनाइ छ ।
९ चैत २०७७, सोमवार १८:१७ बजे प्रकाशित












