साताको अन्तिम दिन घट्यो सुनको मूल्य
बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ८६ हजार सात सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै एक हजार दुई सय ७५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
६ चैत २०७७, शुक्रवार १३:१० बजे प्रकाशित













