कोरोना महामारी: लामो दुरीको बस सेवा अनिश्चितकालका लागि बन्द
भारतमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । संक्रमण बढ्न थालेपछि महाराष्ट्रमा सरकारले लामो दूरीको बस सेवा बन्द गराएको छ ।
महाराष्ट्रबाट अन्य राज्यमा जाने र अन्य राज्यबाट महाराष्ट्रमा आउने सबै बस अनिश्चितकालका लागि बन्द गरिएको छ । २० देखि ३० मार्चसम्म यस चरणको यातायात बन्दको घोषणा लागु हुने उल्लेख गरिएको छ ।
सबैभन्दा बढी कोभिडका बिरामी भएको राज्य महाराष्ट्रमा नयाँ संक्रमित मात्रै २५ हजार ८ सय ३३ भेटिएका छन् भने मृत्यु हुनेको संख्या ५३ हजार १ सय ३८ पुगेको छ । यसमध्ये ५८ नयाँ मृत्यु भएको हो ।
भारतका विभिन्न स्थानमा कोभिडको असर कम भइरहँदा महाराष्ट्रमा यसको असर ह्वात्तै बढेपछि उच्च शतर्कता अपनाइएको छ ।
६ चैत २०७७, शुक्रवार ०८:२२ बजे प्रकाशित












