‘शिवचरणको हत्यामा सङ्लग्नको पहिचान भैसक्यो’

कैलालीको गोदावरी नगरपालिका – ५ गेटीका शिवचरण राना हत्यामा संलग्नको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

रानाको हत्यामा केही युवती र पुरुषको संलग्नता रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

अनुसन्धानका लागि सुरुमा २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेकोमा त्यसमध्येबाट हत्यामा संलग्नको पहिचान खुलेको उनले बताए ।

उनका अनुसार हत्यामा संलग्न केही फरार रहेकाले उनीहरुको खोजी कार्य भैरहेको छ । घटनासंग संम्बन्धित थप अनुसन्धान जारी रहेकाले उनीहरुको नाम भने खुलाइएको छैन ।

सम्पूर्ण अनुसन्धान पुरा भएपछि सार्वजनिक गर्ने प्रहरीले तयारी थालेको छ । गेटा आँखा अस्पताल नजिकै पसल राखेर व्यापार गर्दै आएका राना बिहान भैसी दुहुन भनि पसलबाट घर जाने क्रममा मृत फेला परेका थिए ।

उनको शव फागुन १५ गते निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

घटनाको सत्य तथ्य छानबिन गरी अपराधि पक्राउ नपर्दासम्म शव नबुझ्ने मृतकका परिवारले अडान लिएका छन् । रानाको शव पाँच दिनदेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमै राखिएको छ ।


१९ फागुन २०७७, बुधवार ०८:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु