विप्लव समूहसंग वार्ता गर्न बादलको नेतृत्वमा टोली गठन

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा गठित वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारले विप्लव समूह आपराधिक कृयाकलामा संलग्न भएको भन्दै एक वर्षअघि गत फागुन २८ गते प्रतिबन्ध लगाएको थियो।

केही समयअघि विप्लव समूहले आफूहरू वार्तामा आउन चाहेको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो। प्रतिबन्ध लगाएपछि विप्लवका विभिन्न नेताकार्यकर्ता पक्राउ पर्दै आएका छन्।


१८ फागुन २०७७, मंगलवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु