बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
डडेल्धुरामा १० वर्षीया बालिका बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार जिल्लाको गन्यापधुरा गाउँपालिकावडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै विद्यालयले प्रहरीसमक्ष उजुरी दिएको
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए ।
१० फागुन २०७७, सोमवार ११:१९ बजे प्रकाशित































