बाघ बसेको स्थान पत्ता लगाउन १७ वटा क्यामेरा जडान

कैलालीमा नरभक्षी बाघ बसेको स्थान पत्ता लगाउन १७ वटा क्यामेरा जडान गरिएको छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जबाट कैलाली पुगेको प्राविधिक टोलीले बाघ प्रभावित क्षेत्रमा पर्ने वन क्षेत्रमा थप ८ सहित १७ ठाउँमा क्यामेरा जडान गरेको छ ।

बसन्ता कोरिडोर, गौरीगंगा नगरपालिकाको पुष्पाञ्जली सामुदायिक वन, शिवशंकर सामुदायिक वन लगायतका वन क्षेत्रमा क्यामेरा जडान गरिएको उनले बताए। नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिन मंगलबार मात्र बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ जनाको प्राविधिक टोली कैलाली पुगेको जानकारी गराए।

मंगलबार बाघ गौरीगंगा नगरपालिकास्थित शिवशंकर सामुदायिक वन क्षेत्रमा बाघ देखा परेको
स्थानीयले जनाएको छ । सोमबार मात्रै गौरीगंगा नगरपालिका ५ अन्डैयाकी २५ वर्षीया कला धामीमाथि आक्रमण गरी बाघले ज्यान लिएको थियो


६ फागुन २०७७, बिहीवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु