नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दो क्रममा रहेको छ ।
बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो ।