punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्द

Chaupati
safha napa

कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना विद्यार्थीको परीक्षा रद्द भएको छ । दैलेखको कालीका माविबाट परीक्षा दिएका रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

गएको मंसिरमा भएको परीक्षामा शाहीले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।


६ फागुन २०७७, बिहीवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु