वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य  पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ०२ गते (आईतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भाबना छ।

फाल्गुन ०३ गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

फाल्गुन ०४ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात र पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का बर्षा हुने सम्भावना छ। बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।


२ फागुन २०७७, आइतवार ०८:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु