भागरथीलाई न्यायको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

बलात्कार पछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि नेपाल महिला सङ्घले धनगढीमा प्रदर्शन गरेको छ ।

बलात्कार पछि हत्या भएको १० दिन बित्दा पनि अपराधी फेला पर्न नसकेको भन्दै सङ्घले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै महिला सङ्घका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले असक्षम प्रधानमन्त्री र गृह मन्त्रीले राजीनामा दिनुपर्ने बताइन्। उनले घटना भएको १० बित्दा पनि अपराधी पत्ता नलगाउन नसक्नेले सरकारमा बसिरहन आवश्यक नरहेको बताइन् ।

प्रदर्शनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवेश्वरी शाह, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्रलगायतका महिला नेतृहरुको सहभागिता रहेको थियो ।

महिला संघले अब ३ गते दार्चुला, ४ गते बैतडी, ६ गते बझाङ, ७ गते डडेल्धुरा, ८ गते डोटी, ९ गते अछाम, १० गते बाजुरा र १२ गते कञ्चनपुरमा विरोध गर्ने कार्यक्रम गर्ने कार्यक्रम तय गरिसकेको छ ।


१ फागुन २०७७, शनिवार १७:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु